काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका १ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार, अहिले शवहरू संकलन गरेर थवाङतर्फ लगिँदैछ । दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ९ जना दाङका व्यक्ति रहेको वडाध्यक्ष बस्नेतले बताए ।

९ जना सिस्ने ५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का व्यक्ति रहेको उनले बताए । उनका अनुसार, एकै परिवारका दुई दाजुभाइका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् ।

‘एउटै परिवारका दुई दाजुभाइका जहान परिवार पर्नुभएको छ । दाजुको परिवारको छोरो, बुहारी, श्रीमती र नाती गरेर ४ जना बित्नुभयो,’ उनले भने, ‘उहाँकै भाइ साइँलाको श्रीमती, छोरी र छोरो पनि दुर्घटनामै पर्नुभयो ।’

उनका अनुसार, मृतकहरूको नाम संकलन हुँदैछ ।

जिप करिब ८ सय मिटर तल झरेको थियो । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो । शुक्रबार बिहानैबाट सुरक्षाकर्मीसहितको पहलमा उद्धार गरेर अहिले थवाङतर्फ शव ल्याउन लागिएको हो ।

रुकुमपूर्वबाट थवाङ गाउँपालिका १ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटना भएको थियो । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् ।

रुकुमपूर्व सिस्ने गाउँपालिका ५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनलाई राति नै अस्पताल लगिएको थियो ।

शुक्रबार, बैशाख १८, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१