सुर्खेत । शिक्षा क्षेत्रमा चरम लापरवाही र मनपरी बढ्दै गएको अर्को गम्भीर घटना सार्वजनिक भएको छ । शिक्षक सरुवा कार्यविधि नै मिचेर कालिकोटबाट प्राथमिक तहकी स्थायी शिक्षिका उर्मिला आचार्यलाई विना सूचना काज सरुवा गरिएको खुलासा भएको छ ।

सुर्खेत इकाईमा कार्यरत वि.प्र. शाखाका प्रा.स. प्रकाशचन्द्र धितालले वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखासँग मिलेमतो गर्दै आचार्यलाई सुरुमा सूर्य आधारभूत विद्यालय, गर्पनमा ल्याएका थिए तर, यति मात्र नभई छोटो समयमै फेरि उनलाई हस्तविर आधारभूत विद्यालयमा काज सरुवा गरिएको छ ।

सबैभन्दा गम्भीर कुरा के छ भने वीरेन्द्रनगर नगरपालिकाले शिक्षक सरुवा कार्यविधि अनुसार अनिवार्य १५ दिने सूचना नै जारी नगरी सरुवा प्रक्रिया अघि बढाएको आरोप लागेको छ । यसले सरुवा प्रक्रिया पारदर्शी नभएको मात्र होइन, आर्थिक चलखेल र आफ्ना नातागोता मिलाउने उद्देश्यले निर्णय गरिएको भन्ने गम्भीर आशंका समेत जन्माएको छ ।

बारम्बारको यस्तो निर्णयले शिक्षा क्षेत्रमा गम्भीर प्रश्न उठाएको छ । के अब सरुवा नियमअनुसार होइन, पहुँच, शक्ति र पैसाका आधारमा हुने हो ?
स्रोतका अनुसार, स्पष्ट आधार, प्रक्रिया र कानुनी मापदण्ड विना गरिएको यस निर्णयले शिक्षक व्यवस्थापन प्रणाली नै धराशायी बनाउने खतरा देखिएको छ ।

१५ दिने सूचना जारी नगरिएकन सरुवा पहुँच र आर्थिक चलखेलको खेल भएको भन्दै मनपरी कहिलेसम्म सहने र जिम्मा कसले लिने भन्ने सरकारलाई प्रश्न सहितको गनासो छ ।

शुक्रबार, बैशाख १८, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१