ज्वाला अपडेट

५ घन्टा अगाडि

नव वर्षको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उत्साहजनक युवाहरुको सहभागिताबीच जाजरकोटमा औपचारिक रूपमा “जाजरकोट युवा सञ्जाल” गठन गरिएको छ ।

सामूहिक सल्लाह, सहमति र सक्रिय बहसपछि युवाहरुले जिल्लाको विकास र सुशासनमा योगदान पुर्‍याउने उद्देश्यसहित सञ्जाल स्थापना गरेका हुन् ।

नवगठित सञ्जालको अध्यक्षमा कमल सिंह चयन भएका छन् भने उपाध्यक्षद्वयमा दिपक खत्री र बिक्रम शाही छन् । सचिवमा ललित वि.क., सहसचिवमा बिरेन्द्र जैसी र बिरेन्द्र रावत तथा कोषाध्यक्षमा गणेश राज वि.क. चयन भएका छन् ।

यसैगरी ४५ सदस्यीय कार्यसमिति गठन गरिएको सञ्जालले जनाएको छ । प्रमुख सल्लाहकारमा प्रकाश वि.क. र सल्लाहकारमा उपेन्द्र जैसी लगायतका युवाहरुको सक्रिय सहभागिता रहेको छ ।

सञ्जाल गठनसँगै युवाहरुले अब केवल आलोचनामा सीमित नरही, प्रत्यक्ष रूपमा समाधानतर्फ उन्मुख हुने प्रतिबद्धता जनाएका छन् । भ्रष्टाचार न्यूनीकरण, विकासमा जनसहभागिता, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, रोजगारी सिर्जना र आत्मनिर्भरता जस्ता मुख्य एजेन्डालाई केन्द्रमा राख्दै सञ्जालले दीर्घकालीन कार्ययोजना अघि बढाउने तयारी गरेको छ ।

कार्यक्रममा सहभागी युवाहरुले “परिवर्तन अरुले होइन, हामी आफैले सुरु गर्नुपर्छ” भन्ने सन्देश दिँदै अबको पुस्ता जिम्मेवार, सचेत र सक्रिय बन्ने समय आएको बताएका छन् । उनीहरुको भनाइमा, जाजरकोटको सम्भावनालाई उजागर गर्दै सकारात्मक नेतृत्व र सहकार्यमार्फत जिल्लालाई नयाँ दिशामा लैजान सकिन्छ ।

नयाँ वर्षसँगै सुरु भएको यो पहलले जाजरकोटका युवाहरुमा ऊर्जा, एकता र आशाको सन्देश फैलाएको छ । अबको यात्रा—संगठन, सहकार्य र परिणाममुखी अभियानतर्फ केन्द्रित हुने सञ्जालले जनाएको छ ।

मंगलबार, बैशाख ०१, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१