करोडौं ठगीमा दैलेखका एक युवा सुर्खेतमा पक्राउ

लागूऔषधसहित एक युवा पहरी फन्दामा

ज्वाला अपडेट

२ घन्टा अगाडि

सुर्खेत । परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दैलेखका एक युवकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अन्तरवार्ता तथा लिखित परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै पीडितहरूबाट करोडौं रुपैयाँ ठगी गरी फरार रहेका दैलेखको भगवतीमाई गाउँपालिका ७ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ मा बसोबास गर्दै आएका २२ वर्षीय पवन वि.क.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजङ्ग बूढथापाले जानकारी दिए ।

सूचना अधिकारी बूढथापाका अनुसार उनलाई खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो करिब १स्३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरिएको हो ।

पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि कार्यालयमा राखिएको छ । उँनीविरुद्ध ठगी मुद्दामा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

यसैविच, सुर्खेतको वीरेन्द्रनगरमा लागू औषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ इटौरा निवासी २४ वर्षीय थीरबहादुर चौधरी रहेका छन् ।

उनलाई हिजो (सोमबार) दिउँसो करिब साढे १ बजेतिर लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोइलीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार आफ्नै घरमा शंकास्पद रूपमा बसेको अवस्थामा चौधरीलाई चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७ पुडिया फेला परेको थियो । उक्त पदार्थ नापतौल गर्दा शुद्ध तौल ३२० मिलिग्राम रहेको बताइएको छ ।

लागुऔषधसहित चौधरीलाई नियन्त्रणमा लिएर आज लागूऔषध सम्बन्धी कसुरमा म्याद थप गरी थुनामा राखेर अनुसन्धान भइरहेको सूचना अधिकारी बुढथापाले जानकारी दिए ।

मंगलबार, चैत्र २४, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१