राेशन के.सी रूकुम पश्चिम

६ घन्टा अगाडि

सुर्खेत । नयाँ शैक्षिक सत्र २०८३ का लागि रुकुम पश्चिममा किताब आईपुगेका छन् । जनक शिक्षा सामाग्री केन्द्रबाट अनुमति प्राप्त व्यवसायीहरुले जिल्लाका विभिन्न विद्यालयहरुको लागि किताब खरिद गरेर ल्याएका हुन् ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुकुम पश्चिमका अध्यक्ष एवम् अमर स्टेशनरी एवम् सप्लायर्सका सञ्चालक कर्णबहादुर ओलीले नयाँ शैक्षिक सत्रका लागि बेलैमा किताब खरिद गरेर ल्याईसकिएको मूलपाटीलाई जानकारी दिए । उनका अनुसार जिल्लाका ६ वटा पालिकामा फरक फरक सप्लासर्यले किताब ढुवानीको जिम्मा पाएका छन् ।

जनक शिक्षा सामाग्री केन्द्रले पुस्तक ढुवानीका लागि फरक फरक दिनमा सप्लायर्सको सम्पर्क मिति तोकेर जिल्लामा किताब पठाएको उहाँले जनाए । ओलीले मुसिकोट नगरपालिकामा पाँच वटा पुस्तक व्यवसायीले ढुवानीको जिम्मा पाए अनुसार नै किताब ल्याईसकेको र अन्य पालिकामा पनि आईसकेको जानकारी प्राप्त भएको बताए ।


चौरजहारी नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाजंग ओलीका अनुसार केहि विद्यालयमै पनि किताब पुगिसकेको छ । उनले शीतल मावि लगायतका विद्यालयमै पुस्तक पुगिसकेको र अन्य विद्यालयका लागि पनि व्यवसायीले ढुवानी गरेर ल्याईसकेको जनाए । केहि दिनमै सबै विद्यालयमा किताब पुगिसक्ने उनको भनाइ छ ।

विभिन्न सामुदायिक विद्यालयहरुसँगको सम्झौता बमोजिम जिम्मेवारी पाएका पुस्तक व्यवसायीले जनक शिक्षा सामाग्री केन्द्रबाट पुस्तक ढुवानी गरेका हुन् । पुस्तकको शुल्क सम्बन्धित पालिकाले विद्यालयलाई र विद्यालयले सम्बन्धित सप्लायर्सलाई उपलब्ध गराउने गर्दछन् ।

सामुदायिक विद्यालयका कक्षा १, २ र ४ का किताब निजी छापाखाना र अन्य कक्षाका किताब जनक शिक्षा सामाग्री केन्द्रबाट छपाई भएका हुन् । सम्बन्धित छापाखानाले किताब सप्लायर्सलाई ढुवानी खर्च व्यवस्थापन गर्ने व्यवस्था रहेको छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका जिल्ला सचिव शिशिर गौतमले सबै विद्यालयमा किताब पुगिसकेपछि मात्र व्यवसायीले छापाखानाबाट ढुवानी रकम पाउने बताए । विद्यालयले उपलब्ध गराएको विद्यार्थी संख्याको आधारमा सम्बन्धित सप्लासर्यले विद्यालयमै पुस्तक उपलब्ध गराउने गरेको गौतमको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुनका अनुसार विगतका वर्षहरुमा किताबको अभाव हुने गरेको गुनासो सुनिएतापनि यस वर्ष भने माग बमोजिमका किताब उपलब्ध भएका छन् । गत वर्ष केहि बिषयका पुस्तक अभाव रहेका थिए । यस वर्ष भने सबै बिषयका पुस्तकहरु आईपुगेका छन् ।

रुकुम पश्चिममा २८४ वटा सामुदायिक विद्यालय छन् जहाँ सरकारले हरेक वर्ष कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क किताब उपलब्ध गराउदैं आएको छ ।

सोमबार, चैत्र २३, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८