दाङ । दाङको देउखुरीमा कुटपिटबाट एक किशोरको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

राप्ती गाउँपालिका २ बरहाखुट्टी निवासी स्मित प्रधानको शव शुक्रबार दिउँसो गोपीनाला नजिकै खोलाको सुक्खा बगरमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजे राप्ती गाउँपालिका १ पाँखापानी निवासी १६ वर्षीय आयुष्मान थापा मगर र वडा नम्बर २ बरहाखुट्टी बस्ने १७ वर्षीय स्मित प्रधान साथीको घर जाने भनी निस्किएका थिए । उनीहरू राप्ती गाउँपालिका ४ मौरीघाट क्षेत्रमा पुगेपछि दुई जना महिला र दुई जना अपरिचित पुरुषले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट आयुष्मानको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ । घाइते थापाको राप्ती आधारभूत अस्पताल सिसहनियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।

प्रहरीका अनुसार घटनाबारे आज बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय सिसहनियामा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । सुरुमा घाइते आयुष्मानले घटनाबारे केही नबताए पनि पछि आफूसँगै स्मित प्रधान पनि रहेको खुलाएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो ।

खोजीका क्रममा शुक्रबार दिउँसो घटनास्थलदेखि करिब डेढ किलोमिटर पूर्वतर्फ गोपीनाला नजिकै खोलाको सुक्खा बगरमा टाउकोमा चोट लागेको अवस्थामा स्मितको शव फेला परेको प्रहरी निरीक्षक ऐरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार, चैत्र २०, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१