सुर्खेत, असार ५ । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । शुक्रबार सुर्खेतका ६ जना, दैलेखका २ जना र जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए ।
हालसम्म जम्मा पुष्टि भएको संख्या एक हजार दुई सय ३३ पुगेको छ । नयाँ संक्रमण पुष्टि हुने सुर्खेत भेरीगंगा नगरपालिकाका ६ जना रहेकाछन् । यस्तै दैलेखको भैरवी गाउँपालिकाका २ जना र जाजरकोट छेडागाडका १ जनामा कोरोना पुष्टि भएको हो । सबै संक्रमितको पीसीआर परीक्षण प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको हो ।
चौकुने गाउँपालिका–१ का एक जना स्वास्थ्कर्मीलाई कोरोना पोजेटिभ देखिएपछि चौकुने १ र २ का स्थानीय त्रसित बनेको छ । भारतबाट आएका नागरिकको उपचारमा संलग्न ती स्वास्थ्यकर्मीको लगाम बजारमा मेडिकल समेत छ । केहि समय अघि ती स्वास्थ्यकर्मीलाई आरटीडी नेगेटिभ देखिएको थियो । बिहीबार सुर्खेतमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनको पीसीआर रिपोर्ट आउनु अघिल्लो ती स्वास्थ्यकर्मीले बिरामीलाई प्रत्यक्ष उपचार गरिरहेका थिए ।
ती स्वास्थ्यकर्मीलाई गाउँपालिकाले बनाएको गुटुको आइसुलेसनमा राखिएको छ । यो सँगै साबिको लगाममा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।
शुक्रबार, आषाढ ०५, २०७७मा प्रकाशित गरिएको