सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने विभिन्न राजनीति दलका नेताहरुलाई सुर्खेतबाट नियन्त्रणमा लिएको छ ।

चुनाव बहिष्कार गरेका राजनीति दलका नेताहरुले निर्वाचन विरोधी गतिविधि गर्न सक्ने भन्दै भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

सूचना अधिकारी थापाका अनुसार चुनाव विरोधी गतिविधि गर्न सक्ने आशंकामा ८ जनालाई गएराति नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामध्ये क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज, सि.सि.एम. सुर्खेत वीरेन्द्रनगर १ का ६६ बर्षीय नारायण न्यौपाने, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला सचिव० कालिकोट नरहरिनाथ गाउँपालिका–७ का ३० बर्षीया धिर दर्जी उर्फ डेबिट परियार, तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीका ब्यूरो सदस्य, सि.सि.एम. सान्नी त्रिवेणी गाउँपालिका ६ का ४१ बर्षीया कर्ण बहादुर बि.सी. रहेका छन् ।

त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला सचिव, सि.सि.एम. कैलाली धनगढी उपमहानगरपालिका १२ का ३८ बर्षीया श्याम कुँवर, ने.क.पा बहुमतका जिल्ला सचिव वीरेन्द्रनगर ११ का ४५ बर्षीष राजु भन्ने राजकुमार पौडेल, ने.क.पा. क्रान्तिकारी, सुर्खेत जिल्ला समिति सचिव भेरीगंगा नगरपालिका १२ का ५४ बर्षीया रन्त बहादुर वली, ने.क.पा. बहुमत, वडा समिति सदस्य भेरीगंगा नगरपालिका ९ का ६६ बर्षीया पूर्ण तिरुवा र रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ का ३८ बर्षीया मान बहादुर मल्ल रहेका छन् । मल्ल भने राजनीति दलमा रहे नरहेको नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिबार, फाल्गुण १४, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१