दैलेख । नेपालगञ्जमा चार महिना बढी उपचार गरेर घर फर्केका बिरामी बोकेको एम्बुलेन्स बुधबार बिहान दुर्घटना भएको छ ।

उपचार गरी घर पुग्नै लाग्दा कर्णाली प्रदेश ०२ ००१ झ ०१०६ नम्बरको नौमूले गाउँपालिकाको एम्बुलेन्स नौमूले गाउँपालिका ५ गजमाली भन्ने स्थानमा बुधबार बिहान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा नौमूले गाउँपालिका ६ सल्लेरीकी ५५ वर्षीया भविसरा दर्लामी उपचार पछि सन्चो भई घर पुग्नै लाग्दा दुर्घटना परी गम्भीर घाइते भएकी छन् भने अन्य चालक सहित ८ जना घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भविसराको टाउकोमा गम्भीर चोट लागेको छ भने सोही स्थानका ६५ वर्षीय कर्णबहादुर दर्लामीको छातिमा गम्भीर चोट लागेको छ । एम्बुलेन्स चालक नौमूले गाउँपालिका ५ सल्लेरी निवासी २६ वर्षीय इन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा घाइते हुने अन्य व्यक्तिहरूमा ३५ वर्षीया पवित्रा सलामी, उहाँका ५ वर्षीय छोरा छविलाल सलामी, ३३ वर्षीय अमर सलामी, २६ वर्षीया गीता योगी, ३३ वर्षीय दिपेन्द्र योगी र ४० वर्षीया देवीसरा योगी रहेका छन् । उनीहरू सबै सल्लेरीका बासिन्दा हुन् ।

बुधबार, माघ २२, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४