काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ ।
संस्थापन पक्षको असहमति हुँदाहुँदै काठमाडौँको भृकुटीमण्डपमा गत आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा सहमतिको प्रयास असफल भएपछि गएराति निर्वाचनमार्फत नयाँ कार्यसमिति घोषणा गरिएको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार पार्टी सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्।
यसैगरी सहमहामन्त्री पदमा डा। डिला सङ्ग्रौला पन्त ९महिला०, प्रकाश रसाइली स्नेही ९दलित०, बहादुरसिंह लामा ९आदिवासी जनजाति०, उदयशम्शेर राणा ९खसआर्य०, मुक्ताकुमारी यादव ९मधेशी०, फर्मुल्ला मन्सुर ९मुस्लिम०, योगेन्द्र चौधरी ९थारु० र कर्णबहादुर बुढा ९पिछडिएको क्षेत्र० निर्वाचित भएका छन्।
खुला ३५ केन्द्रीय सदस्यतर्फ गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, जयबाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईं, डा। केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह निर्वाचित भएका छन्।
महिला खुला केन्द्रीय सदस्य ९९ जना० मा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई निर्वाचित भएका छन्।
प्रदेशतर्फ केन्द्रीय सदस्यमा कोशीबाट शारदादेवी कोइराला, हिमालय कर्माचार्य र अग्नि पौडेल, मधेशबाट मधु शाही, रामानन्द यादव र बजरङ्ग नेपाली, बागमतीबाट उमा दाहाल, जितनारायण श्रेष्ठ र रमेश धमला निर्विरोध चयन भएका छन्। गण्डकीबाट विष्णुदेवी पाण्डे, रेशम बानियाँ र कृष्ण केसी, लुम्बिनीबाट पवित्राकुमारी अर्याल, केशव आचार्य र रामबहादुर कार्की, कर्णालीबाट रमादेवी खड्का, दिक्पाल शाही र नारायण भट्टराई तथा सुदूरपश्चिमबाट निपा चोख्याल, हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन्।
केन्द्रीय सदस्य ९अपाङ्गता० तर्फ प्रकाश पन्त, ९अल्पसङ्ख्यक० तर्फ शिवनारायण सिंह गनगाई तथा दलिततर्फ मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक र दिनेश सुनार निर्वाचित भएका छन्।
आदिवासी जनजाति महिलातर्फ सपना राजभण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लीलादेवी बोखिम लिम्बू, डा। अमिता प्रधान र छोन्दुल्होम शेर्पा तथा आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अष्टकुमार कवे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दिपेन श्रेष्ठ चयन भएका छन्।
खसआर्य महिलातर्फ उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री तथा खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुसाल निर्वाचित भएका छन्।
मधेशी महिलातर्फ अञ्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी र निलम साह तथा मधेशी खुलातर्फ रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरुप प्रसाद निर्विरोध चयन भएका छन्। मुस्लिम महिलातर्फ सनम वेगम र मुस्लिम खुलातर्फ अब्दुल रज्जाक गद्दी तथा अब्दुल सत्तार, थारू महिलातर्फ नवोदिता चौधरी र सुनिता राना, थारू खुलातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित तथा पिछडिएको क्षेत्रतर्फ दीपकजङ्ग शाह निर्वाचित भएका छन्।
बिहिबार, माघ ०२, २०८२मा प्रकाशित गरिएको



