फुटपाथ व्यापारले कुरुप बन्दै सुन्दर वीरेन्द्रनगर

बारम्वार खवरदारी गर्दा पनि मौन नगरपालिका

ज्वाला अपडेट

१७ घन्टा अगाडि

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत सुन्दर बजार फुटपाथ कै कारण करुप देखिएको छ । घण्टाघर, हाटियालाइन देखि बसपार्क सम्मको मुख्य सडर छेउछाउमा राखिएका अव्यवस्थित फुटपाथका कारण सुन्दर वीरेन्द्रनगरको अनुहारमा दाग लागेको छ ।

फुटपाथ लामो समयदेखि अव्यवस्थित छन् । तर, पटक–पटकको गुनासो र जोखिम हुँदाहुँदै पनि यी क्षेत्रका फुटपाथ किन व्यवस्थित हुन सकेनन् भन्ने प्रश्न उठ्न थालेको छन् ।

यस विषयमा हामीले सम्बन्धित निकायसंग प्रतिक्रिया खोज्दा वीरेन्द्रनगर नगरपालिकाका सम्बन्धित अधिकारीले जवाफ दिन मानेका छैनन् । नगरपालिकाको मौनताले समस्या झनै जटिल बन्दै गएको गुनासो छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फुटपाथ अतिक्रमण बढ्दै जाँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । मुख्य बजार क्षेत्र, विद्यालय आसपास र व्यस्त चोकहरूमा फुटपाथमा पसल, ठेला लगाएर सुन्दर वीरेन्द्रनगरको अनहारमा फोहोर देखिएको छ ।

फुटपाथ पैदलयात्रीका लागि हो, तर यहाँ केही व्यवसायीले रुखमा समेत कपडा झुण्डाएर कब्जा गरेको छन् । स्थानीयका अनुसार फुटपाथमा ठेला, अस्थायी पसल, सामग्री थुपार्नाले पैदल यात्रु सडकमा हिँड्न बाध्य छन् । यसले दुर्घटनाको जोखिम मात्र होइन, ट्राफिक जामसमेत बढाएको छ ।

बजार क्षेत्रमा लाख लाख भाडा तिरेर ग्राहक पर्खेका व्यापारी यसको प्रत्यक्ष मारमा परेका छन् । फुटपाथमा सस्तोमा कमसल सामान बेच्छन्, हामी कहाँ जाने भनेर ती व्यवसायी आक्रोशित छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका घण्टाघर हाटियालाइन हुँदै बसपार्क जाने मुख्य सडक क्षेत्रमा रहेको संरचनायुक्त फुटपाथ नगरपालिकाले डोजर लगाएर हटाएको थियो । यसरी पुन त्यहि ठाउमा खाटे ठेला ब्यवसाय, अब्यवस्थित व्यापार गर्न दिनु नै थियो भने किन डोजर चलायो प्रश्न उठ्छ ।

फुटपाथ अतिक्रमण नियन्त्रणका लागि नियमित अनुगमन र निरन्तर कारबाही नहुँदा समस्या झनै बढेको स्थानीयको भनाइ छ । वैकल्पिक स्थान बिना ठेला तथा अस्थायी व्यवसाय हटाउन खोज्दा दीर्घकालीन समाधान नआएको फेन्सि तथा वस्तुगत समितिले जनाएको छ ।

नगरपालिका, ट्राफिक प्रहरी र स्थानीय प्रशासनबीच प्रभावकारी समन्वय नहुँदा अभियान प्रभावहीन बन्दै गएको छ । तर सम्बन्धित निकायको स्पष्ट जवाफ नआउँदा घण्टाघरदेखि देखि बसपार्कसम्मको मुख्य सडकसहित यी क्षेत्रका फुटपाथ कहिले व्यवस्थित हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित नै छ ।

यता, फुटपाथमा सामान राख्ने व्यापारीको भने फरक मत छ । महिना दिनमा कुनै निश्चित ठाउँ उपलब्ध गराएर सामान बेच्न पाउने माग उनिहरुको छ । स्टक सामान कटाउनलाई भए पनि आफुहरु सडक छेउमा निस्किएको बताउने ब्यवसायीहरु नगरपालिका र स्थानिय सरकारले उचित स्थान र समय दिए फुटपाथमा नबस्ने उनिहरुको जवाफ छ ।

शुक्रबार, पौष २५, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४