सुर्खेत । यरिचौक–मुलपानी फोरलन सडकमा पानी ढुवानी गर्ने ट्रकले अटोरिक्सालाई ठक्करदिँदा पाँच जना घाइते भएका छन् । हरिडिल भूमी स्कुल भएर फोरलेन सडकबाट यरिचौकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह १३९६ नम्बरको अटोरिक्सालाई मुलपानीबाट आइरहेको कर्णाली प्रदेश ०२–००१ क ०७५४ नम्बरको मिनि ट्रकले ठक्कर दिएको हो ।


ट्रकले ठक्करदिँदा अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा अटो चालक महावु गाउँपालिका–३ दैलेखका ३८ वर्षीय डिलबहादुर नेपाली, वीरेन्द्रनगर–३ बस्ने २७ वर्षीय मनिष बयलकोटी, महावु–४ दैलेखका ३० वर्षीय कमला रोका, वीरेन्द्रनगर–३ बस्ने हरी नेपाली र ट्रक चालक वीरेन्द्रनगर–२ बस्ने २३ वर्षीय कमल शाही घाइते भएका छन् । उनीहरुको खुट्टा र हातमा चोट रहेको र अवस्थामा सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।

घाइतेको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ । अटो रिक्सा र ट्रक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार, साउन १८, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४