सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ स्थित धुलियाबिट नजिक बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।

गुमीबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२००१ च ०९४४ नम्बरको बोलेरो गाडीले सडक छेउमा रोकिएको मिनिट्रकबाट घाँस झार्दै गरेका दुई स्थानीयलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।

दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका ११ धुलियाबिटका अन्दाजी ३४ वर्षीय प्रेम बुढाको पेट र टाउकोमा गम्भीर चोट लाग्दा उपचारका क्रममा करिब ११ बजेको समयमा उनको मृत्यु भएको छ ।


त्यस्तै सोही दुर्घटनामा परी अन्दाजी ३२ वर्षीया तिलकुमारी बुढा घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षक अजय डाँगीको कमाण्डमा १६ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। हाल बोलेरो चालक सुर्खेतको लेकबेशी नगरपालिका ६ का २१ बर्षिय यामलाल सुनार र दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिइएको छ ।

बुधबार, साउन ०८, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८