सुर्खेत । ‘हनी ट्रयाप’मा पारी पैसा असुली गर्न खोज्ने एक जना युवतिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मंगलबार दैलेखको नौमुले गाउँपालिका ८ घर भई वीरेन्द्रनगर बस्ने सिन्दु चन्दलाई पक्राउ गरेको हो ।

२०८१ भदौमा एक पुरूषसँग सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कार मुद्दामा फसाईदिने भन्दै सिन्दुले ‘हनी ट्रयाप’मा पैसा असुली गरेको आरोप लागेको छ । ति पुरूषको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

गत भदौमा वीरेन्द्रनगरमा रहेको बुलबुले भ्यू होटलमा सिन्दुले आफैं ति पुरूषलाइ बोलाएकी थिईन् । सोही होटलमा दुई जनाबीच सहमतिमा यौन सम्बन्ध भएको प्रहरीले जनाएको छ ।


उक्त सम्बन्धको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राखेर बलात्कार मुद्दामा फसाउने भन्दै सिन्दुले ति पुरूससँग १४ लाख २५ हजार रुपैयाँ असुली गरेको जाहेरी परेको छ ।

उक्त रकम उनले फरकफरक मितिमा पीडितबाट लिएकी थिईन् । पक्राउ परेकी सिन्दुलाई हनी ट्रयापमा पारी पीडितबाट आर्थिक लाभ लिएको कसुरमा प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको डिएसपी बुढथापाले जानकारी दिए ।

बुधबार, साउन ०८, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४