गोविन्द बि.क सुर्खेत, जेठ २९ । प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्ष सिल गरिएको छ । सुर्खेतको बराहताल गाउँपालिका वडा नं ४ को क्वारेन्टाईनमा रहेका ५० बर्षिय एक जना पुरुषलाई मंगलवार सर्पले टाकेर प्रदेश अस्पतालको आकस्मिक कक्षमा पुर्याईएको र उनमा कारोना पोजेटिभ भएपछि सिल गर्नु परेको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरीटन्डन डा. डम्बर खड्काले जानकारी दिए ।

क्वारेन्टाईनमा बसेका उनलाई सर्पले टोकेपछि उपचारको लागि खटिएका हेल्थ असिस्टेन अर्जुन विकले कर्णाली प्रदेश अस्पताल रिफर गरेर पठाएको तरक्वारेन्टाईनमा रहेको बारेमा कुनै पनि औपचारिक रुजानकारी अस्पताललाई नदिएको डा. खड्काले बताए । सर्पले टोकेको भनि ल्याएका उनमा मंगलवार नै पिसिआर रिर्पोट कोरोना पोजेटिभ आएको पछि अस्पतालमा कार्यरत चितित्सकहरु आतंकित हुदैं गाउँपालिकाले कुनै पनि जानकारी नदिदा उपचारमा संलग्न चिकित्सकहरुले नर्मल तरिकाले उपचार गरेको डा. खड्काले भने यसरी झुक्याएर विरामीहरुलाई अस्पतालमा ल्याउदा हामीहरु कसरी बच्ने काम कसरी गर्ने अब त हामीलाई समेत डर भयो झुक्याएर ल्याएका ती विरामीको पिसिआर रिर्पोट पनि कोरोना पोजेटिभ आएको छ।’ सबैबाट यस्तै व्याहार भएमा अस्पतालले दिईरहेका सबै सेवाहरु बन्द हुने अबस्थामा आउने भएकोले सबैले सहि कुराको जानकारी दिई सहयोग गर्नको लागि डाक्टर खड्काले आग्रह गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष सोभा कुमारी शर्माले आफुलाई यो बारेमा कुनै पनि जानकारी नभएको बताउर्दै । राति आफुलाई फोन आएको तर क्वारेन्टाइन भन्दा बाहिरको विरामी हुन भनेपछि त्यो बारेमा आफुले बुझ्ने उनले बतार्इन् । तर गाउँपालिका अध्यक्ष तेज बहादुर बस्नेतले जानकारी दिनु पर्नेमा जानकारी नदिएको बारेमा कमजोरी भएको उनले स्वीकार गरेका छन् ।

बिहिबार, जेठ २९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१