काठमाण्डौ । पाकिस्तानले बिहीबार राति ड्रोन र मिसाइल मार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ ।

जम्मू कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएका हुन् । पाकिस्तानले आत्मघाती ड्रोन र क्षेप्यास्त्रहरू प्रहार गरेको हो । भारतीय पक्षले एस–४०० एअर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ ।

पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट एअरफोर्स स्टेसनलाई निशाना बनाएको हो । भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान भएको छ । नियन्त्रण रेखा नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानले गोलाबारी भएको छ ।

त्यस्तै, भारत प्रशासित कश्मीरको जम्मू शहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जम्मूमा रहेको विमानस्थलमा विस्फोटहरू भएको तर क्षतिबारे कुनै विवरण सार्वजनिक नभएको खबरमा उल्लेख छ ।

जम्मु कश्मीरमा स्कुल र कलेजसहित सबै शैक्षिक संस्थाहरू बन्द गर्ने आदेश जारी गरिएको छ । भारतले २४ ओटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् । पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ वटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका हुन् । ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ ।

भारत–पाकिस्तान तनावबीच भारतका कयौं क्षेत्रमा विद्युत बन्द गरिएको छ । यसैबीच धर्मशालामा भइरहेको आईपीएल खेल पनि बीचैमा रोकिएको छ । धर्मशालामा हुने भनिएको पन्जाब किंग्स इलेभेन र दिल्ली क्यापिटल्सबीच खेल रद्द गरिएको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारत नियन्त्रित कश्मीरमा भएको भनिएको आक्रमणमा पाकिस्तानको हात नरहेको दाबी गरेका छन् ।

यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीचको युद्धमा अमेरिका संलग्न नहुने बताएका छन् । उनले कूटनीतिक माध्यमबाट युद्ध अन्त्यका लागि प्रयास भने जारी राख्ने बताएका छन् । अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण गर्न बन्द गर्न आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गरेकी हुन् । भारतले गएको मङ्गलबार रातिदेखि पाकिस्तानमा अपरेशन सिन्दूर नामको आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ ।

शुक्रबार, बैशाख २६, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957