ज्वाला अपडेट

९ महिना अगाडि

हुम्ला । एघार सय वर्षअघिदेखि बसोवास रहेको सुन्दर हिमाली उपत्यका हो, लिमी । हुम्लामा अवस्थित यो उपत्यका परम्परागत धार्मिक वास्तुशास्त्रको अध्ययनका लागि पनि प्रसिद्ध मानिन्छ । यससँगै परम्परागत चौँरीपालन र त्यसमा प्रयोग हुने सामग्री, कृषिजन्य वस्तुको उत्पादन र त्यसको उपभोगको अवस्थाका बारेमा बुझ्न पुग्नैपर्ने ठाउँ हो, लिमी ।

११ औँ शताब्दीमा बनेको प्रख्यात हल्जी गुम्बा र अन्य सानाठूला गुम्बा आकर्षणका केन्द्र हुन् । यहाँका हरेक गाउँ भिन्नाभिन्नै ऐतिहासिक महत्व बोकेका छन् । एक–डेढ घन्टाको पैदल दूरीमा रहेका गाउँ पनि फरक–फरक पहिचान, चालचलन र संस्कृति बोकेका छन् । हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी उपत्यकामा तीन गाउँ छन्– तिल, हल्जी र जाङ । समुद्री सतहबाट चार हजार मिटरको उचाइमा रहेका यी गाउँलाई खस साम्राज्यको आधारखण्डका रूपमा लिइन्छ । यो तिब्बतीय संस्कृतिको पनि आकर्षणको केन्द्रका रूपमा रहेको छ ।

यहाँका हरेक गाउँको सिरानमा सुन्दर तालहरू छन् । हिमाल, चरन क्षेत्रले झन् आकर्षण थपेको छ । गुरुयोजना बनाएर संरक्षणमा लाग्ने गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए ।

कति खर्च लाग्छ
लिमीमा हिउँदयाममा अत्यधिक हिउँ पर्छ भने वर्षात्मा अत्यधिक वर्षा हुन्छ । वर्षात्मा हुस्सु र कुहिरोले पनि सताउँछ । त्यसैले, भदौ मध्यदेखि कात्तिक मध्यसम्म यात्रा गर्नु उपयुक्त हुन्छ ।

लिमी पुग्न त्यति धेरै खर्च पनि लाग्दैन । काठमाडौं तथा नेपालगन्जबाट सात हजार रुपैयाँमा सिमिकोट पुगिन्छ । त्यहाँबाट पैदल हिँड्नुपर्ने भएकाले खानाको मात्रै खर्च लाग्छ । दुई सय रुपैयाँमा खाना र बस्न पाइन्छ । भरिया लगायो भने प्रतिदिन एक हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । करिब ३० हजारमा लिमी घुमेर फर्किन सकिन्छ ।

कसरी पुग्ने लिमी
नेपालगन्ज र सुर्खेतबाट हवाईजहाजमा हुम्ला सदरमुकाम सिमिकोट ओर्लिन सकिन्छ । सिमिकोटबाट तीन दिन हिँडेर उत्तरको नाम्खा गाउँपालिका–२ सल्ली खोला पुग्न सकिन्छ । त्यहाँबाट फेरि गाडीमा लिमी उपत्यका पुग्न सकिन्छ । तिब्बतको हिल्साबाट पनि दक्षिणको लिमी उपत्यका पुग्न सकिन्छ । रमणीय दृश्यावलोकन गर्न सल्लीखोला वा हिल्साबाट पैदल हिँड्न सकिन्छ ।

मंगलबार, चैत्र ११, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४