सुर्खेत । कर्णाली प्रदेश सरकारले औषधी खरिदका लागि चालु आर्थिक वर्षमा तीन करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा औषधी खरिदका लागि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरिएको प्रदेश आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए । उनका अनुसार यो वर्ष औषधी खरिदका लागि बोलपत्र आह्वान गरिएको समेत गरिएको छ । बर्सेनिरूपमा प्रदेश सरकारले ४१ प्रकारका औषधी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत् खरिद गर्दै आएको छ ।

प्रदेशका दश वटै जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई आपूर्ति व्यवस्थापन केन्द्रले खोप तथा खोपजन्य सामग्री उपलब्ध गराउँदै आएको छ । गत वर्षको औषधी खपतको अवस्था र यो वर्षको मागका आधारमा औषधी खरिद गर्ने गरिएको केन्द्रले जनाएको छ ।

जिल्ला–जिल्लाबाट माग भएको औषधीको विवरणका आधारमा केन्द्रले टेण्डरमार्फत् औषधी खरिद गर्ने गरेको छ । आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला स्वास्थ्य सेवा कार्यालयहरूमा खरिद गरिएको औषधी पठाउने गरेको छ । जिल्लास्थित ती कार्यालयले पालिका र पालिकाले सम्बन्धित स्वास्थ्य केन्द्रमा औषधी उपलब्ध गराउँदै आएका छन् । तीन तहका सरकारले गरी ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आएका छन् ।

यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भाडाको घरबाट सञ्चालन भइरहेको छ । भवन निर्माणमा ढिलाइ हुँदा मासिक ४० हजार तिरेर भाडाको घरबाट आपूर्ति केन्द्र सञ्चालन भइरहेको हो । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधी नेपालगञ्जमा स्ट्रोर गर्ने गरिएको प्रदेश औषधी आपूर्ति केन्द्रका प्रमुख डा। शक्तिप्रसाद सुवेदीले जानकारी दिए । भाडाको घर भएकाले आवश्यक उपकरण र औषधी भण्डारण गर्न समस्या हुने गरेको उनले बताए ।

बिहिबार, पौष १८, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४