सुर्खेत । प्रेस सेन्टर नेपाल जिल्ला सम्वन्य समिति, सुर्खेतको छौठौं जिल्ला अधिवेशनले सुर्खेतमा पुनः टेकेन्द्र विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न उक्त अधिवेशनले उपाध्यक्षद्वय पंख बहादर शाही, कमला खड्का भारती, सचिव खिम बहादुर बुढा, सहसचिव अभिषेक सिंह र डिलु वि.क. कोषाध्यक्ष मालती वि.क. लाइ चयन गरेको हो ।

नेकपा माओवादी केन्द्रको शुभेच्छुक संस्थाको रुपमा परिचित प्रेस सेन्टर नेपाल सुर्खेतको कार्यसमिति सदस्यहरुमा रोमन गिरी, भगवती शाही, पुस्कर गिरी, मनिषा गौतम, चरित्र विष्ट, गणेश ठाडा, पवन बुढा, जमुना नेपाली भिमराज घर्ति र वर्षा परियार निर्बिरोध चयन हुनुभएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति अध्यक्ष टेकेन्द्र विश्वकर्माको क्षतामा भएको जिल्ला सम्मेलनको उद्घाटन समारोहमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष देवीराम देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै सम्मेलनमा नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य पुर्व मन्त्री एवम कर्णाली प्रदेश सभा सदस्य रनसिंह परियार, पार्टीका कर्णाली प्रदेश उपाध्यक्ष पुर्व मन्त्री एवम कर्णाली प्रदेश सभा सदस्य कृष्ण बहादुर जि.सी. जिल्ला संयोजक जित बहादुर राना, सङ्गठनका केन्द्रीय उप महासचिव दिपेन्द्र शर्मा केन्द्रीय सचिव गणेशकञ्चन भारती, सुरबहादुर सिंह, संगठनका केन्द्रीय सदस्य एवम सुर्खेत जिल्ला इन्चार्ज ललित गाहा, केन्द्रीय सदस्य शेरबहादुर थापा संगठनका प्रदेश महासचिव धर्मराज जि.सी. नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशिल शर्मा , विभिन्न संगठनका अध्यक्षहरू लगाएतको सहभागिता रहको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष पुर्व अध्यक्ष लगाएत नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाइ सम्मान समेत गरिएको थियो ।

बुधबार, पौष १७, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१