ज्वाला अपडेट

१ वर्ष अगाडि

सुर्खेत । लागुऔषधसहित विभिन्न स्थानबाट चारजना पक्राउ परेका छन् । सुर्खेत, विरेन्द्रनगर नगरपालिका १० बसपार्क स्थित संगिता खाजा घरकी संचालक दैलेख भैरवी गाउँपालिका १ घर भएकी ३९ वर्षीया संगीता कार्कीलाई लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नगर प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा,मेचिनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय ६० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका ११ बस्ने २४ वर्षीय निलजङ बस्नेत र मोरङ उर्लाबारी नगरपालिका २ बस्ने २४ वर्षीय खुमराज भण्डारी रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका ६ चम्मन चौराहस्थित गोकुलेश्वर म:म सेन्टरका संचालक सोही नगरपालिका १८ निम्बुखेडा घर भएका ४४ वर्षीय मदन नाथलाई लागुऔषध चरेश जस्तो देखिने पदार्थ ३ सय ६० ग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

बिहिबार, भाद्र ०६, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४