सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामलिा तथा योजना मन्त्री राजिब विक्रम शाहले प्रदेशमा आयोजना हुन थालेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूवर्क सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । शनिबार प्रतियोगिताका बारेमा छलफल गर्न आयोजना गरिएको एक कार्यक्रममा मन्त्री शाहले सम्बन्धित मन्त्रालय तथा सरोकारवालाहरुले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताए ।

‘हाम्रो प्रदेशमा प्रतियोगिता गर्नका लागि हस्तान्तरण भईसकेको छ, अब हामीले यो मौकालाई कसरी सदुपयोग गर्छौं भन्नेमा सबैको ध्यान गएको देखिन्छ,’ मन्त्री शाहले भने, ‘पहिलोपटक हामीले गर्न थालेको दशौं राष्ट्रिय खेलकुदलाई प्रंसशायोग्य तरिकाले पूरा गर्नुपर्छ, हामी सबै निकाय यसमा कटिबद्ध भएर लाग्नु जरुरी छ ।’

उनले प्रतियोगिताका लागि आर्थिक मामिला मन्त्रालयबाट आवश्यक सहयोगको कमी हुन नदिने प्रतिबद्धता जनाउदै आफ्नो मेरो मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोगमा कमी नहुने र बजेटमा पनि आवश्यकता अनुसारको निर्णय हुने मन्त्री शाहले बताए ।
उनले लामो समयसम्म प्रदेशभित्र खेलकुदका गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताए। खेलकुदका गतिविधिलाई बढावा दिन उनले प्रदेश खेलकुद परिषदलाई सुझाव दिए ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न कर्णाली प्रदेशका सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट तोकिएको भूमिकाअनुसारको दायित्व पूरा गर्नुपर्ने सुझाव मन्त्री शाहले दिए।

आइतबार, भाद्र ०२, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८