सुर्खेत । रुकुम पश्चिमको चौरजहारी घटनामा बेपत्ता छैटौ युवा गोबिन्द शाहीको शब फेला परेको छ । जाजरकोट रानागाउँका गोबिन्द शाहीको शब भेरी नगरपालिका १२ स्थित खोदा खोला नजिकै भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए ।

उनको शब भेटिएसँगै रुकुम सोतीको घटनामा ज्यान गुमाउने ६ जनाको शब फेला परिसकेको छ । यसअघि नवराज विक, लोकेन्द्र सुनार, टीकाराम सुनार, सञ्जु विक र गणेश बुढाको शब फेला परिसकेको थियो । ३ बर्षे प्रेमलाई विवाहका रुपमा परिणत गर्न रुकुम चौरजहारी सोती गएका जाजरकोट रानागाउँका नवराज वि.क सहित ६ जनालाई सोतीका वडाध्यक्ष डम्बर मल्ल सहित केटी शुष्मा मल्लका घरपरिवार तथा आफन्तले कुटपिट गरी हत्या गरेका थिए ।

हत्यापछि उनीहरुलाई भेरी नदीमा फालिएको स्थानीयको भनाई छ । तर आरोपित पक्षले भने लखेट्दा उनीहरुले ज्यान जोगाउन भेरीमा हाम फालेको दाबी गर्दै आएका छन । प्रहरीले वडाध्यक्ष मल्लसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मंगलबार, जेठ २०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१