सुर्खेत । रुकुम पश्चिमको चौरजहारी घटनामा बेपत्ता छैटौ युवा गोबिन्द शाहीको शब फेला परेको छ । जाजरकोट रानागाउँका गोबिन्द शाहीको शब भेरी नगरपालिका १२ स्थित खोदा खोला नजिकै भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए ।

उनको शब भेटिएसँगै रुकुम सोतीको घटनामा ज्यान गुमाउने ६ जनाको शब फेला परिसकेको छ । यसअघि नवराज विक, लोकेन्द्र सुनार, टीकाराम सुनार, सञ्जु विक र गणेश बुढाको शब फेला परिसकेको थियो । ३ बर्षे प्रेमलाई विवाहका रुपमा परिणत गर्न रुकुम चौरजहारी सोती गएका जाजरकोट रानागाउँका नवराज वि.क सहित ६ जनालाई सोतीका वडाध्यक्ष डम्बर मल्ल सहित केटी शुष्मा मल्लका घरपरिवार तथा आफन्तले कुटपिट गरी हत्या गरेका थिए ।

हत्यापछि उनीहरुलाई भेरी नदीमा फालिएको स्थानीयको भनाई छ । तर आरोपित पक्षले भने लखेट्दा उनीहरुले ज्यान जोगाउन भेरीमा हाम फालेको दाबी गर्दै आएका छन । प्रहरीले वडाध्यक्ष मल्लसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मंगलबार, जेठ २०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४