सुर्खेत । अखिल नेपाल चेस संघको आयोजनामा भएको कर्णाली प्रदेशस्तरीय छनोट प्रतियोगीतामा विरोधविक्रम जिसी प्रथम भएका छन् । ५० वर्षमाथिको भेट्रान चेस च्याम्पियन प्रतियोगीतामा जिसी प्रथम भएका हुन् ।

यस्तै, राजेन्द्र गौतम द्धितीय, प्रेम सुमै तृतीय, सुन्दर कुँवर चौथो र निरक रावल पाँचौं भए । कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले आगामी मंसिरमा कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा चेस खेललाई समावेश गर्ने प्रतिवद्धता जनाए । उनले कर्णालीको खेल क्षेत्रको विकासका लागि सबैको साथ र सहयोगको खाँचो औल्याए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले आगामी मंसिरमा हुने राष्ट्रिय प्रतियोगीतामा कर्णालीले दोहोरो अंकको मेडल प्राप्त गर्ने लक्ष्य राखेको बताए । बुद्धिचाल महासंघ कर्णाली प्रदेशका अध्यक्ष राजेन्द्र गौतमले चेस खेलप्रति कर्णालीबासीको आकर्षण बढ्दै गएको बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग र कर्णाली प्रदेश बुद्धिचाल संघ र जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा भएको कार्यक्रमको अध्यक्षता अखिल नेपाल चेस संघ कर्णाली प्रदेशका संयोजक हेमा खड्काले गरेकी थिइन् ।

@nepalkarma.com

बिहिबार, आषाढ २१, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957