काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मालाई सत्ता समीकरणबारे विवेकसम्मत निर्णय लिन सुझाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बालकोट पुगेपछि झस्किएका प्रधानमन्त्री प्रचण्डले सोमबार ओलीसँग झण्डै ३ घण्टा लामो छलफल गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा दुई नेताबीच सत्ता समीकरण, बजेट, विभिन्न नियुक्ति र भावी सहकार्यबारे छलफल भएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनको असन्तुष्टि सम्बोधन गर्न तयार रहेको बताएका थिए । कांग्रेससँग मिलेर सरकार बनाउन सहज भए मेरो सुझावको अर्थ रहेन भन्दै आफ्ना असहमति केके हुन लिएर आउनहोस् प्रचण्डले अनुरोध गरे ।
आफू राजनीतिक नियुक्तिका लागि सबै प्रकारले लचक हुन तयार रहेको प्रचण्डले ओलीलाई बताएका थिए ।
मंगलबार, आषाढ १९, २०८१मा प्रकाशित गरिएको