गोविन्द बिश्वकर्मा सुर्खेत, जेठ १८ । कोरोना संक्रमणबाट मृत्यु भएका कर्णालीका पहिलो व्यक्तिको शब शनिबार राति नै व्यवस्थापन गरिएको छ । नेपाली सेनाको सहयोगमा दुल्लु नगरपालिकाले शब व्यवस्थापन गरेको हो ।

नगर प्रमुख घनश्याम भण्डारीका अनुसार दुल्लु नगरपालिका ५ मा रहेको शिद्धस्थली जंगलको बीचमा शब व्यवस्थापन गरिएको हो । दैलेख बजारबाट मेजरको कमाण्डमा आएको नेपाली सेनाको टोलीले शब जंगलसम्म पु¥यायो, नगरपालिकाले डोजरले खनेर व्यवस्थापन ग¥यो,’ उनले भने, समयमै व्यवस्थापन गर्दा सहज हुने भएकोले हिजो राति नै यो काम गरिएको हो ।’ शब व्यवस्थापन गर्दा सुरक्षाका सबै विधि पूरा गरिएका उनले बताए ।

भारतको गुजरातबाट आएका ३५ वर्षीय व्यक्तिको शनिबार बिहान क्वारेन्टाइनमै मृत्यु भएको थियो । उनी चिया पिएर बेडमा जाँदै गर्दा एक्कासि बेहोस भएर लडेका थिए । उनको स्वाबको रिपोर्ट पोजिटिभ आएपछि संक्रमितको शबलाई व्यवस्थापन गर्ने विधिअनुसार बस्तीदेखि टाढाको जंगलको बीचमा व्यवस्थापन गरिएको हो ।

यसैविच, कर्णालीमा १ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा गरिएको परिक्षणबाट थप १८ जनामा संक्रमण पुष्टि भई १ सय २३ जना पुगेको जनस्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य शिक्षा अधिकृत नवराज कडेंलले जानकारी दिए । शुभकालिका गाउपालीका ५ कालिकोटका १९ बर्षिय पुरुष, नारायण नगरपालीका ३ दैलेखका १६, १९, २९ र ४८ बर्षका पुरुष, नारायण नपा ५ का १८, २५, २५, २८, ३५ बर्षका पुरुष, देवलकाँडा ४ का १८, २०,२०,२२, २२ बर्षका पुरुष, सिमडा ८ का २६ बर्षका पुरुष, रातापानी ४ का ३८ बर्षका पुरुष र साँडु ९ का २२ बर्षका पुरुष रहेका छन् ।

आइतबार, जेठ १८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४