काठमाडौं । आइसिसी टी– २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन् ।

टी– २० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल टस समेत नभई रद्द भएको छ । भारी वर्षाका कारण खेल रद्द भएको हो । दुवै टिमले एक एक अंक बाँडेका छन् । बिहानैदेखिको वर्षा बेलुकी केही समय रोकिएपनि मैदानमा पानी जमेका कारण खेल हुन सकेन् ।

लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै रहेको छ । अब बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही असार १ गते दक्षिण अफ्रिका र आगामी असार ३ गते बङ्गलादेशसँग खेल्नेछ ।

खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोरिडा पुगेका हजारौं दर्शक मौसमले खेल रद्द हुँदा खिन्न बनेर फर्किन बाध्य बनेका छन् । केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले नै रंगशाला पुगेका थिए ।

बुधबार, जेठ ३०, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४