गोविन्द बिश्वकर्मा सुर्खेत, जेठ १७ । कोरोना भाइरस कोभिड १९ संक्रमणबाट कर्णाली प्रदेशको दैलेखमा एक जनाको मृत्यु भएको छ । १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका उनको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएको थियो  । दुल्लु नगरपालीका ११ कारभैरव खागितडाका ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।


किर्तीखम्बस्थित क्वारेन्टाइनमा बसेका उनीसहित ७९ जनाको स्वाब संकलन गरेर पठाएको दुल्लु नगरपालिका मेयर घनश्याम भण्डारीले जानकारी दिए । ‘पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी सुर्खेत पठाएको थियौं’ मेयर भण्डारीले भने, सुर्खेतमा चाप भएपछि परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको रहेछ, तीन दिनपछि उहाँको रिपोर्ट आयो ।’ श्रीमति सहित एक छोरा एक छोरी रहेका युवा रोजगारीका लागि भारतबाट फर्केपछि सिँधै नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेको भण्डारीको भनाई छ ।

एकैदिन एक सय ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एक सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कपिलवस्तुका ७७ जना, सर्लाहीका १७ जना, सिरहाका ११ जना, धनुषाका सात जना, रौहतटका ६ जना, महोत्तरीका चार जना, झापा र ललितपुरका एकरएक जनामा सङ्क्रमण पाइएको हो ।

त्यस्तै प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका नौ जनामा सङ्क्रमण पाइएको छ । त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परिक्षणमा कपिलवस्तुका तीन जना र दाङका पाँच जना गरी आठ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा बाराका एक र पर्साका दुई गरी तीन जनामा सङ्क्रमण पाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सङ्खुवासभाका दुई जनामा सङ्क्रमण भेटिएको छ ।

अब नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार चार सय एक पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । टेकु अस्पतालबाट बुढानीलकण्ठका ३८ वर्षीय पुरुष र टोखाका ४१ वर्षीय पुरुष डिस्चार्ज भएका हुन् ।

त्यस्तै काठमाण्डौको बलम्बु अस्पतालबाट विभिन्न जिल्लाका सातदेखि ४२ वर्ष उमेरका ११ जना डिस्चार्ज भएका छन् । देशभरबाट अहिलेसम्म दुई सय १९ जना निको भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

शनिबार, जेठ १७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७