काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद उत्कर्षमा पुगेको छ । आज पार्टीका संरक्षक रेशम चौधरीले काटेको पत्रबाट पार्टी विभाजित भएको संकेत गरेको छ ।

पार्टीका संरक्षक रहेका चौधरीले आफैले पार्टी अध्यक्ष लेखेर हस्ताक्षर गरी पार्टीको आकस्मिक बैठक आह्वान गरेका छन् । अध्यक्षमा चौधरी पत्नी रञ्जिता श्रेष्ठलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

अधिवेशनले चौधरीलाई अध्यक्ष बनाएको भए पनि त्यसलाई निर्वाचन आयोगले खारेज गरिसकेको छ । तर चौधरीले आज पार्टीको लेटर प्याडमा अध्यक्ष भनेर हस्ताक्षर गरी बैठक बोलाएका छन् ।

चौधरीले सबै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई १० बजे पार्टी केन्द्रीय कार्यालय अनामनगरमा अनिवार्य उपस्थितिको लागि पत्र काटेका छन् ।

बिहिबार, चैत्र २२, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957