काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनेले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताएका छन् ।

राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘जनजागरण सभा’ लाई सम्बोधन गर्दै उनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुँदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्नुपर्ने धारणा राखे ।

उनले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सङ्घीयता खारेज गरी केन्द्रीय र स्थानीय तहको राज्य संरचना हुनुपर्ने भन्दै राष्ट्रिय एकतालाई बलियो बनाउन नेपालमा हिन्दू राष्ट्र कायम हुनुपर्नेमा जोड दिए ।

उनले राष्ट्रको अभिभावकको रुपमा राजालाई स्थापित गर्न र व्यवस्था बदल्न राप्रपासँग नयाँ सम्झौता गर्नुपर्ने भन्दै अटेर गर्ने र देश र जनतालाई बन्धक बनाउने कार्य राप्रपाका लागि सह्य नहुने विचार राखे ।

उनले अन्य दलले निर्वाचनको सन्दर्भमा मिसन ८४ भनिरहेको अवस्थामा राप्रपा मिसन ८१ मै राज्य शक्तिलाई घुँडा टेकाउन आगामी चैत २७ गते काठमाडौँमा विशाल सभा गर्न लागेको जानकारी गराउँदै अहिले सत्ता साझेदारी र सत्ता स्वार्थका निम्ति देश बन्धक बनेको समेत बताएका छन् ।

सोमबार, चैत्र १९, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957