काठमाडौँ । सत्ता समीकरण बदलिएसँगै बनेको मन्त्रिपरिषद् विस्तारका लागि नामावलीसहितको पत्र बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

आजै सपथ गराउने तयारी स्वरुप उनी राष्ट्रपति कार्यालय पुगेका र राष्ट्रपतिले समय तोकेपछि सपथग्रहण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सम्भवत ५ बजेतिर सथप गर्ने तयारी गरिएको जनाइएको छ । केही मन्त्रीहरूलाई बिदाइका समयमै सपथका लागि निम्तो आइसकेको श्रोतले बताएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र लिएर गएका छन् । तीन जनाले सोमवार नै विना विभागीय मन्त्रीको शपथ लिएका छन् । बाँकी १४ जनाले आज शपथ लिनेछन् ।

प्राप्त जानकारी अनुसार एमालेको भागमा ८, माओवादी केन्द्रको भागमा ५ र रास्वपाको भागमा ४ मन्त्रालय भाग परेको छ ।

स्रोतका अनुसार एमालेका रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरीलाई कानुन, हरि उप्रेतीलाई रक्षा, भगवति चौधरीलाई महिला बालबालिका, राजेन्द्र राईलाई खानेपानी, दामोदर भण्डारीलाई उद्योग, ज्वालाकुमारी साहलाई कृषि, बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी लिन लागिएको हो ।

 

यस्तै, माओवादीबाट नरायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्तिबहादुर बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।

रास्वपाका रवि लामिछानेलाई उपप्रधान तथा गृह, डीपी अर्याललाई श्रम, विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद र सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय दिने तयारी गरिएको बताइएको छ ।

बुधबार, फाल्गुण २३, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१