ज्वाला अपडेट

२ वर्ष अगाडि

काठमाडौं । त्रिकोणात्मक टी– २० सिरिजमा नेपालले पहिलो जित दर्ता गराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो ।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो। करण केसीले ८ रन दिएर एक विकेट लिए ।

योसँगै नेपालले पहिलो खेलमा ब्यहोरेको हारको बदला पनि लिन सफल भएको छ । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँगै २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो ।

नेपालका लागि कुशल मल्लले अविजित ५५ रनको योगदान गरे । आरिफ शेखले ३१, गुल्सन झा २६, अनिल साह २३, दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नामिबियालाई रोक्ने क्रममा नेपालका करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले समान २र२ विकेट लिए भने अविनाश बोहराले एक विकेट खसाले ।

शुक्रबार, फाल्गुण १८, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१