ज्वाला अपडेट

२ वर्ष अगाडि

काठमाडौं । त्रिकोणात्मक टी– २० सिरिजमा नेपालले पहिलो जित दर्ता गराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो ।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो। करण केसीले ८ रन दिएर एक विकेट लिए ।

योसँगै नेपालले पहिलो खेलमा ब्यहोरेको हारको बदला पनि लिन सफल भएको छ । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँगै २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो ।

नेपालका लागि कुशल मल्लले अविजित ५५ रनको योगदान गरे । आरिफ शेखले ३१, गुल्सन झा २६, अनिल साह २३, दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नामिबियालाई रोक्ने क्रममा नेपालका करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले समान २र२ विकेट लिए भने अविनाश बोहराले एक विकेट खसाले ।

शुक्रबार, फाल्गुण १८, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४