काठमाडौँ । देशका विभिन्न ठाउँबाट २५ दिन पैदल हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ ।

हिजो पहिलो चरणको वार्तामा पीडितको मागका बारेमा सरकारी वार्ता टोलीका पदाधिकारीले जानकारी लिएका छन् । गृह मन्त्रालयमा साँझ ७ बजेदेखि डेढ घण्टासम्म भएको वार्तामा मिटरब्याज पीडितको माग आफूहरूले सुनेको सरकारी वार्ता टोलीका उपसचिव एकदेव अधिकारीले जानकारी दिए ।

पीडितको नेतृत्व गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले अहिले भएका कानुनी व्यवस्था मिटरब्याज पीडितको समस्या समाधानका लागि सच्याउनुपर्ने धारणा वार्तामा राखेका थिए ।


सरकारी वार्ता टोलीको नेतृत्व गरेका सह–सचिव रुद्रप्रसाद पण्डितले सरकारले गरेका व्यवस्था पीडितको समस्या समाधानका लागि पर्याप्त रहेको दाबी गरे।

आज बिहान ११ बजे छलफलमा बस्ने गरी हिजोको वार्ता सकिएको छ । सङ्घर्ष समितिका प्रवक्ता निर्ग नविनले सहमति नहुँदासम्म आन्दोलनलाई पनि जारी राख्ने निर्णय भएको बताए ।

मिटरब्याज पीडितको न्यायका लागि भन्दै माघ १६ मा पूर्वबाट कुशवाहाको नेतृत्वमा ५ सय र पश्चिमबाट नीर्ग नवीनको नेतृत्वमा २ सय जना पीडित पैदल मार्च गरेर काठमाडौँसम्म आएका छन् ।

सोमबार, फाल्गुण १४, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४