काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको सरेको छ । आइतबार बिहान ८ बजे बस्ने भनिएको बैठक भोलि बिहान साेमबारलाई सारिएको हो ।
बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार सांसदहरु जिल्ला बाहिर भएको र आउनेक्रम जारी रहेकोले बैठक भोलिका लागि सारिएको हो ।
बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिनेछ ।
भोलि दिउँसो संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ ।
आइतबार, माघ २१, २०८०मा प्रकाशित गरिएको