सुर्खेत, जेठ १३ । पश्चिम रुकुम हत्याकाण्डमा सुर्खेतका दलित अधिकारकर्मीले आपत्ति जनाएका छन् । पश्चिम रुकुम हत्याकाण्डको घोर निन्दा र भत्र्सना गरौं, न्यायिक छानविनको लागि देशाव्यापी दवाव सृजना गरौं भन्दै दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग राख्दै बिज्ञप्ती जारी गरेका छन् ।

रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ सोतीका बीरबहादुर मल्लको छोरी सुश्मा मल्ल र जाजरकोट भेरी नगरपालिका ४ का नवराज बिक बीचको प्रेम सम्बन्धबाट विवाह गर्न जेष्ठ १० गते नवराज वि.क सहित ५ जना दलित युवाहरुमाथी भएको गाउँलेहरुको आक्रमणबाट नवराज वि.क लगायत ३ जनाको मृत्यू भएको छ भने अन्य ३ जना अझै बेपत्ता रहेको घटना भएको थियो ।

बिज्ञप्तीमा भनिएको छ नरसंहारपूर्ण अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवताविरोधी यस हत्याकाण्डको हामी घोर निन्दा तथा भत्र्सना गर्दछौं ।
सुश्माका आमाबुवा, स्थानीय वडाध्यक्षसहित ७ जनालाई प्रहरीले थुनुवामुक्त गरिदिएको छ भने ३ जनाको हत्या र तीन जना बेपत्ता भएको प्रति प्रहरी प्रशासनले तदारुकता नदेखाई दोषिलाई पाखा लगाउन खोजेको र अनुसन्धानलाई फितला् बनाएर पिडितलाई न्याय दिनलाउन तर्फ ध्यान नदिएको समेत अधिकारकर्मीहरुको आरोप रहेको छ ।

ठुलो जातको केटीसंग प्रेम सम्बन्ध बनाएकै भरमा ज्यान गुमाउनु परेको यस हत्याकाण्डलाई हल्का ढंगले लिने, पक्राउ परेकाहरुलाई मुक्त गर्ने र अनुसन्धानलाई फितलो बनाउने कार्य कतैबाट भएमा न्यायका लागि देशब्यापी आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी सरकार लिनुपर्ने नेपाल कम्यूनिष्ट पाटी (नेकपा) सुर्खेत जिल्ला सदस्य जनक बहादुर सुनारले बताएका छन् ।

सुनारले हत्याकाण्डमा संलग्न भएका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको यथाशिघ्र खोजीकार्यलाई तिब्रता दिन, घटनाको सत्यतथ्य छानवीन गर्न, पिडितलाई न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन र हत्यारालाई हदैसम्मको कानूनी कार्वाही गर्न माग गरेको बताए । दलित समुदायमाथिको सामाजिक न्याय प्रदान गर्न संघीय संसदबाट संसदीय अनुगमन समिति गठन गर्न जोडदार माग गर्दै यस पासविक अमानवीय हत्याकाण्डको छानवीनका लागि सम्पूर्ण राजनीतिक दल, मानवअधिकार आन्दोलन, नागरिक आन्दोलन, संचारकर्मी र न्यायप्रेमी सबैमा सक्रिय रहन अपिल गरिएको छ ।

बिज्ञप्तीमा हस्ताक्षर गर्ने अधिकारकर्मीहरु
१ं डम्बर नेपाली, जिल्ला कमिटी सदस्य, नेकपा, सुर्खेत
२. दानसिंह सुनार, प्रदेश कमिटी सदस्य, नेकपा कर्णाली
३ं बालकृष्ण सुनार, जिल्ला कमिटी सदस्य, नेकपा, सुर्खेत
४. जनक बहादुर सुनार जिल्ला कमिटी सदस्य, नेकपा सुर्खेत
५. दण्ड बिक, जिल्ला कमिटी सदस्य, नेकपा, सुर्खेत
६. यमुना नेपाली, कार्यपालिका सदस्य, वीरेन्द्र नगरपालिका, सुर्खेत
७. सिपू परियार, जिल्ला कमिटी सदस्य, नेकपा, सुर्खेत
८. तोरण बिक, जिल्ला कमिटी सदस्य, नेकपा, सुर्खेत
९. धन बहादुर नेपाली, अध्यक्ष, दलित विद्यार्थी युनियन, सुर्खेत
१०. सुशिला विश्वकर्मा, जिल्ला कमिटी सदस्य, नेकपा, सुर्खेत
११. नेत्र सुनार, जिल्ला कमिटी सदस्य, नेकपा, सुर्खेत
१२. गंगाराम सुनार, वडाध्यक्ष, वीननपा १, सुर्खेत
१३. शंकरमान सुनार, दलित अगुवा

मंगलबार, जेठ १३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४