काठमाण्डौं । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ ।

दोस्रो पटक एसियाडमा थ्री बाई थ्री बास्केटबल खेलेको महिला टोलीले यस पटक खेल जित्ने लक्ष्य बनाए पनि कुनै पनि खेल जित्न सकेन ।

देकिङ जिओग्राफिम इन्फरमेसन पार्क बास्केटबल कोर्टमा शुक्रबार भएको समूह बी को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग २२-२ ले सहजै पराजित भयो । नेपालले प्रतियोगितामा सबैभन्दा कम स्कोर यही खेलमा गर्‍यो । नेपालका लागि कप्तान श्रेषा खड्का र मिना गुरुङले १(१ स्कोर गरे ।

यसअघि नै जापान र कजाखस्तानसँग पराजित भएको नेपाल लगातार तेस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा जापानसँग २२-४ ले पारजित भएको नेपाल दोस्रो खेलमा कजाखस्तानसँग १७-१० ले पराजित भएको थियो ।

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाडमा नेपालको महिला बास्केटबल टिमले फुल कोर्टमा खेल्दै एसियाडमा डेब्यु गरेको थियो । त्यसपछि २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा भने नेपालको पुरुष र महिला दुवैमा थ्री बाई थ्री टिम सहभागी थिए ।

यस पटक भने नेपालबाट महिला थ्री बाई थ्री टोली मात्र हान्झाउ एसियाडमा सहभागी भएका थिए ।

शुक्रबार, आश्विन १२, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१