सुर्खेत । भारतीय राजदुत (वित्तीय ) प्रशान्त सन्नीलाई सुर्खेतमा स्वागत गरिएकाे छ । नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यामिक बिद्यालय बिरेन्द्रनगर ११ गाग्रेताल स्कुल परिसरमा मंगलवार भब्य स्वागत गरिएको हाे ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष घनश्याम कडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्राचार्य नेत्रमणि चालिसेले बिधालयका गतिविधि बारे जानकारी गराएका थिए ।
यसैविच, साेहि कार्यक्रमकाे अवसर पारेर वरपिपल रोप्ने कार्यक्रम सम्पन्न भएको छ । भारतीय राजदूत प्रशान्त बिद्यालयको सुन्दर शान्त र मनोरम वातावरण र परिवेश देखेर निक्कै प्रभावित भएका छ्न ।
उक्त स्वागत कार्यक्रममा वीरेन्द्रनगर ११ का वडा अध्यक्ष खिमलाल देवकोटा, खानेपानी महासंघका केन्द्रिय उपाध्यक्ष कुलमणि देवकोटा, अम्मर ज्याेती माबिका अध्यक्ष पुर्ण प्रशाद पौडेल, प्राचार्य खागेन्द्र थापा लगायत अभिभावक, शिक्षक , कर्मचारी, बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमकाे सञ्चालन बिद्यालयका सहायक प्रअ धनिराम शर्माले गरेका थिए ।
मंगलबार, आषाढ १९, २०८०मा प्रकाशित गरिएको