सुर्खेत । नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा रामबहादुर भण्डारी निर्वाचित भएका छन् । शनिवार सुर्खेतमा सम्पन्न साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेसंगै अध्यक्षमा भण्डारी सहसतकाे नयाँ कार्यसमिति चयन भएकाे हाे ।

‘विकृति, विसङ्गति तथा भ्रष्टाचारमुक्त न्यायपालिका : व्यावसायीक हक, प्रतिष्ठा र पेशागत मर्यादा’ भन्ने मुल नाराका साथ भएको अधिवेशनले १३ सदस्यीय कार्यसमितिकाे अन्य पदहरुमा सहमति जुटेपछि अध्यक्ष र सचिव पदमा निर्वाचनबाट नेतृत्व चयन गरिएको थियाे ।

निर्वाचन प्रणालीबाट सचिवमा खगेन्द्रबहादुर खनाल निर्वाचित भए भने उपाध्यक्षमा अधिवक्ता टोपबहादुर वली, कोषाध्यक्षमा मोतिराम शर्मा, सह सचिवमा आत्मादेवी श्रेष्ठ र सदस्यहरुमा रत्नबहादुर भण्डारी, डम्बरबहादुर थापा, जागेश्वर उपाध्याय, तेजबहादुर बोहोरा, प्रेमबहादुर फडेरा, उपेन्द्रकुमार रावत, मंगलसेन सार्की, केशवविक्रम खड्का, केन्द्रीय पार्षदमा वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, अधिवक्ता गीता कोइराला र अधिवक्ता हस्तराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्।

नेकपा एमाले निटक कानून व्यवसायीहरुको संगठन प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन पिपिएलएबाट अध्यक्षमा अधिवक्ता रामबहादुर भण्डारी र सचिवमा अधिवक्ता खगेन्द्रबहादुर खनालले प्रतिस्पर्धा गरेका थिए।

प्रतिद्धन्दीमा प्रजातान्त्रिक कानून व्यवसायी संघ डिएलएबाट अधिवक्ता हिमालयजंग शाही र सचिवमा नेकपा माओवादी केन्द्र निकट कानून व्यवसायी संगठनबाट अधिवक्ता शेरबहादुर खत्रीले प्रतिस्पर्धा थिए ।

जम्मा ४० जना मतदाता रहेको उक्त निर्वाचनमा कुल ३७ मत खसेको थियो । अध्यक्षमा भण्डारीले २५ मत प्राप्त गरे भने प्रतिद्धन्दी शाहीले कुल १० मत प्राप्त गरेका थिए ।

सचिव पदमा खनालले २९ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी खत्रीले ८ मत प्राप्त गरेका थिए ।

बार एशोसिएसनका निवर्तमान अध्यक्ष अधिवक्ता नन्दबहादुर भण्डारीको अध्यक्षतामा सुरु भएको उद्घाटन समारोहमा प्रमुख अतिथि एशोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता उत्तमप्रसाद आचार्य रहेका थिए ।

आइतबार, आषाढ १०, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957