सुर्खेत । कर्णाली प्रदेश सरकारले दलितहरुलाई बजेट नछुट्याएको भन्दै प्रदेशसभा भवन बाहिरी प्रदर्शन गर्ने समूह र प्रहरीबीच झडप हुँदा एसपी सहित तीन जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो प्रदेश सभा भित्र बजेट भाषण भइरहेका बेला बाहिर दलित समुहले नाराबाजी गरिहेको थियो ।

कर्णाली प्रदेश सरकारले ल्याएको बजेटमा दलित समुदायलाई नसमेटिएको भन्दै उनीहरुले नाराबाजी गरिरहेका थिए ।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको हो । प्रदर्शन अनियन्त्रित हुन थालेको भन्दै प्रहरीले लाठीचार्ज गर्न खोज्दा आन्दोलनकारीहरुले ढुंगा प्रहार गरेका थिए ।

झडपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी योगेन्द्रसिंह थापा, एकजना महिला प्रहरी र दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनार घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ ।

सुनारको नेतृत्वमा रहेको दलितका लागि दलित आन्दोलन नेपालले दलित समुदायका हक हितका लागि विभिन्न माग सहित विगत केहीसमय आन्दोलन गर्दै आएको थियो ।

शुक्रबार, आषाढ ०१, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957