सुर्खेत । नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुर्खेत जिल्ला संयोजकको जिम्मेवारी टिकाराम विकले लीएका छन ।

सोमबार बसेको विशेष भेलाबाट विक सर्वसम्मत रुपमा चयन भएका हुन् । यसअघि जगत शाही संयोजक थिए । नवनिर्वाचित संयोजक विकले गौरवमय इतिहास् बोकेको विद्यार्थी संगठनलाई जिल्लामा मजबुद बनाइने बताएका छन ।

वीरेन्द्रनगर नगरपालिका वडा न १६ मेहेली निवासी विक यसअघि जिल्लाको वरिष्ठ उपाध्यक्ष, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य भएर काम गरिसकेको अनुभव रहेेकाे छ । उनले विगतको अनुभवलाई संगाल्दै आगामी दिनमा अखिलको संगठनलाई बलियो र स्थापित गराउने प्रतिबद्धता जनाएका छन ।

उनी पेशाले सिभिल इञ्जिनियर हुन् । समाज सेवामा समेत अग्रसर उनी ०७२ मा भूकम्पले क्षतिग्रस्त पुर्वका जिल्लाहरुमा भएर पुनः निर्माणको काममा खटिएका थिए । त्यो बेला प्राविधिक भएर काम गरेका उनले सहरी विकास तथा भवन निर्माण कार्यालयमा समेत प्राविधिक भएर काम गरेका थिए ।

साथै उनले आफ्नो कार्यकालमा अखिल क्रान्तिकारीका पालिका संगठनहरु समेत चलायमान गराइने बताए । साथै विद्यार्थीको हक हितका लागि आफु प्रतिबद्ध भएर लाग्ने उनको भनाइ रहेकाे छ ।

विद्यार्थी संगठनहरुको प्रमुख एजेण्डा भनेको शिक्षा क्षेत्रको आमुल परिवर्तन हो । तर पछिल्लो समय संगठनहरु शिक्षा क्षेत्रको विकास भन्दा पनि अन्यत्रै रुमलिरहेकाे देखिन्छ । विकले आफ्नो हकमा त्यसो नहुने उनका भनाइ रहेकाे छ ।

मंगलबार, जेठ ३०, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४