काेमल शाही

३ वर्ष अगाडि

सुर्खेत । वीरेन्द्रनगर कै शान्त सुन्दर रमणीय वातावरणमा सञ्चालित सुबिधा सम्पन्न बिधालय श्री नेपाल रास्ट्रिय चन्द्र गंगा माध्यमिक बिद्यालय गाग्रेतालमा अध्यनरत कक्षा १२ का बिद्यार्थीहरुको औपचारिक रुपमा बिदाई कार्यक्रम सप्पन्न गरिएकाे छ ।

उक्त कार्यक्रममा कक्षा ११ कि छात्रा सुनिला थापाले अध्यक्षता ग्रहण गरेकी थिईन भने प्रमुख अथिती सोही बिधालयका प्रअ नेत्रमणी चालिसे विशेष अथिती सहायक प्रअ धनिराम शर्मा अथिति शैक्षिकहरु राजेस ज्ञावलि, मिना चौधरी, तत्तलाल भट्टराई, गोपि प्रसाद ढकाल, प्रेमकला धमला, कमला शाही लगायत को उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रअ नेत्रमणी चालिसेले बिद्यार्थीहरु आफैमा उर्जाशिल शक्ति भएकाे बताउदै भविस्यमा धेरै पढेर जागीर मात्र खाने नभई अरुलाई जागिर दिने उद्यमी बन्न आवश्यक रहेकाे बताए ।

त्यसैगरी सोही बिद्यालयका सहायक प्रअ धनिराम शर्माले विद्यार्थीहरु आउने जाने यो प्रक्रिया स्वभाविक हो भन्दै आफुले सिकेका ज्ञान र सिपको सहि सदुपयोग गर्न सक्नु नै जिवनमा सफलता पाउनु हो भनी सुन्दर भविस्य को कामना साथै सफलताको शुभकामना दियका थिए ।

सोही बिद्यालयका शिक्षक गोपि प्रसाद ढकालले सिकाई सिक्ने र सिकाउने क्रममा विद्यार्थीहरु संग भएका तिता र मिठा क्षणको स्मरण गराउदै यो एउटा परिवार भित्रको कुरालाई शिरोधार्य गर्नेछन् भनी विद्यार्थी को शैक्षिक यात्रा अझै फलदायी र सफलता मिलोस भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कक्षा ११ का छात्रा सम्झना आचार्यले मन्तब्य व्यक्त गर्नुको साथै अन्य विद्यार्थीहरुले आ आफ्नो प्रतिभा गित कविता गजल वाचन गरेका थिए ।

वीरेन्द्रनगर ११मा रहेको चन्द्र गङा माध्यमिक बिद्यालय नगर कै सुविधा सप्पन्न युक्त बिधालयको रुपमा स्थापित रहेको छ । यहाँ कृषि, बिज्ञान, ब्यबस्थापन तथा शिक्षा संकायका विषयहरु दक्ष शिक्षकद्वारा अध्यापन गराईन्छ ।

बुधबार, चैत्र १५, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१