सुर्खेत । पतञ्जली योग समिती सुर्खेत तथा महिला पतञ्जली सुर्खेतको समन्वयमा शिक्षा युवा तथा खेलकुद शाखा विरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा अमर ज्याेती माध्यमिक बिधालयमा माध्यमिक तहका विद्यार्थीहरुका लागि एक महिना देखि चल्दै आएको योग तथा ध्यान सम्बन्धि आधारभूत सीप बिकास कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष पुर्णप्रशाद पौडेलको अध्यक्षतामा प्रमुख अथिती विरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, विशेष अतिथी वड नम्बर १२ का वडा अध्यक्ष चुडामणि चपाई, शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा, अतिथी पतञ्जली योग समिति सुर्खेतका अध्यक्ष शिव प्रशाद गौतम, नरेश्वर अधिकारि, महिला पतञ्जली योग समिति सुर्खेतका अध्यक्ष गिता कुमारी वलि लगायत सोही बिधालयका शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले हाम्रो जिवनमा हरेक सफलता पाउन र सकारात्मक सोचमा परिवर्तन ल्याउन योग ध्यान अपरिहार्य आवस्यकता भएको बताए ।

त्यसैगरी पतञ्जली योग समिति सुर्खेतका अध्यक्ष शिवप्रसाद गौतमले स्वास्थ जीवन यापन गर्नको लागि योग ध्यान गर्नै पर्ने बताए । सोही बिद्यालयका प्र.अ खगेन्द्र थापाले जसरी एउटा झुसिल्किराले सुन्दर पुतली बनाउछ त्यसरी नै योग ध्यानको साधनाले मानिसलाई पनि शारीरिक र मानसिक रुपमा फ़ुर्तिलो जोशिलो र जागरिलो हुने बताए । त्यस्तै, अम्मरज्याती माबिका बिब्यस अध्यक्ष पुर्ण प्रशाद पौडेलले योग ध्यानले मानिसलाई अनुशासित र स्वास्थ बनाउने हुनाले यस निकै महत्त्व रहेको बताए ।

शनिबार, फाल्गुण २७, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८