सुर्खेत । मदरसा मदिना माध्यमिक विद्यालय वीरेन्द्रनगर वडा नम्बर १० वेलघारी सुर्खेतको अभिभावक भेला सम्पन्न भएको छ । भेलाले अहमद रजाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिती पनि चयन गरेको छ । जसको सदस्यहरुमा जमाल वक्स, मैमुदिन, सकिना विवि, सपिरन खातुन, सरिफुन विवि शिक्षकबाट खतिजा विवि, वडा सदस्य मनोहर लाल आचार्य र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शुसिला शर्मा रहेकी छन् ।

यस्तै , भेलाले शिक्षक अभिभावक संघ पनि सर्वसम्मत निर्वाचित गरेको छ । जसको अध्यक्षमा अकवर खान, सदस्यहरुमा जमिर वक्स, सपिना विवि, सैयादुन विवि, तस्लीमा विवि, इशाक दिन रहेका छन् ।

कार्यक्रम कार्यबहाक अध्यक्ष हजरत वक्सको अध्यक्षता र वीरेन्द्रनगर वडा नम्बर १० का वडा अध्यक्ष डिल वहादुर रखाल प्रमुख अतिथिमा सम्पन्न भएको हो । कर्णालीको एक मात्र मावि स्तरको मदरशा भएकाले यसले छुट्टै पहिचान बोकेकाले र १० नम्बरको सान पनि भएकाले नमुना विद्यालय वनाउन जोड दिनुपर्ने प्रमुख अतिथि एवम् वीरेन्द्रनगर १० वडा अध्यक्ष रखालले बताए ।

कार्यक्रममा बोल्दै वडा सदस्य आचार्यले विद्यालयलाई पहिलो प्रथामिकतामा राखेको र अभिभावक पनि एकजुट भएर लाग्न आग्रह गरे । यस्तै नवनिर्वाचित अध्यक्ष रजाले आफु यस अघि १४ वर्ष अध्यक्ष भएर चलाएको र विचमा युवाहरुलाई अवसर दिँदा सोचे जस्तो उपलब्धी हासिल गर्न नसकेकाले पुनः आफु निर्वाचित भएको बताए ।

२१ लाख ऋण रहेको मदरशाको आफनोे पहिलो काम स्रोत व्यवस्थापकै भएको समेत बताए । उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक शिसिला शर्माले सञ्चालन गरकी थिईन् । विद्यालयको नयाँ व्यवस्थापन समिती चयन भएपछि अभिभावकहरु पनि खुसी भएको बताएका छन् ।

आइतबार, माघ २९, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४