काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथी विदेशी नागरिक रहेको बखतमा नेपाली नागरिकको रुपमा नेपाली पासपोर्ट लिएको भन्दै विरुद्ध उजुरी परेको छ । युवराज सफल पौडेलले मंगलबार नेता लामिछानेविरुद्ध अध्यागमन विभागमा उजुरी दिएका हुन् ।

‘अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा महानिर्देशकलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले ऐन वा नियम विपरीत कुनै अपराध भए वा हुन लागेको छ भने तहकिकात र कारबाही गर्नु पर्दछ भन्ने व्यवस्था भएकोमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १०९१० अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर आफू अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ विपरीतको दण्डनीय कार्य गर्ने रवि लामिछानेलाई अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम हदैसम्मको सजाय गरी पाऊँ, लामिछानले आफू अमेरिकी नागरिक भएको बखतमा केवल नेपाली नागरिकले मात्रै प्राप्त गर्नसक्ने नेपाली राहादनी प्राप्त गर्ने जुन कार्य गरेका छन् सो कानुनद्वारा बर्जित र दण्डनीय छ ।

अध्यागमन ऐनको दफा ५ विपरीत भई दफा १० अन्तर्गत दण्डनीय भएको हुँदा सो ऐनको दफा ८ बमोजिम तत्कालै र शक्तिशाली व्यक्ति हुन् भनी कुनै पनि मोलाहिजा नगरी छानबिन र कारबाही प्रक्रिया अघि बढाइ निज रवि लामिछानलाई कानुनको दायराभित्र ल्याउने कर्तब्य यहाँले पूरा गर्नु हुनेछ भनी यहाँलाई जानकारी दिन चाहान्छु ।’ पौडेलले दिएको उजुरीमा उल्लेख छ ।

मंगलबार, माघ १७, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१