सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन् । जम्मा ४० सांसद रहेका कर्णाली प्रदेश सभामा ३८ जना सांसद मतदानमा सहभागी भएका थिए । मतदानमा सहभागी ती ३८ सांसद मध्य नन्दाको पक्षमा २४ मत प्राप्त भएको छ ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्राजातन्त्र पार्टी र नेकपा १ गरि जम्मा २४ मत गुरुङको पक्षमा खसेको हो । गुरुङ सुर्खेतबाट समानुपातिक सांसदमा निर्वाचित सांसद हुन् ।

यस्तै, नेपाली कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिएका खड्गबहादुर पोखलेरले जम्मा १४ मत पाएका छन् । पोखरेललाई एकीकृत समाजवादीले भोट दिएको छ । कांग्रेसका पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए ।

जेष्ठ सदस्य नेपाली कांग्रेसका हिक्मतबहादुर विष्टले सभा सञ्चालन गरेका थिए भने भोट हालेनन् ।

यस्तै, जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने तटस्थ बसेका थिए ।

सभामुखको सपथ ग्रहण आज दिउँसो ४ बजे हुनेछ ।

 

@nepaliraibar.com

आइतबार, माघ ०१, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४