सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् ।

२५ सांसदको समर्थनमा उनले बुधबार नै प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

लगत्तै प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ (२) बमोजिम शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा ४ दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनलाई नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीका २५ सांसदले समर्थन गरेका छन् ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ गरी २५ सांसदले समर्थन गरेका छन् ।

माआवादी पोलिटब्युरो सदस्य रहेका शर्मा रुकुम पश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए ।

साथै, ५ बर्षका लागि केन्द्रीय सहमति भएपनि कर्णालीमा एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री हुने सहमति भएको छ ।

बुधबार, पौष २७, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४