दैलेख । आगामी मंसिर ४ गतेका लागि तोकिएको संघ र प्रदेश सभा निर्वाचनका लागी नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं दुल्लु नगर ईन्चार्ज चक्रलाल सुनार दैलेख क्षेत्र नम्बर २ को प्रदेश (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले सुनारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

दुल्लु नगरपालिकामा बैशाख ३० मा भएको स्थानिय तहको निर्वाचनमा मेयर पदको उमेद्वारको आकाक्षी बनेका सुनार गठबन्धन भएपश्चात पछि हटेर काग्रेसलाई समर्थन गरेका सुनारलाई अहिले काग्रेसकाे समर्थन रहेकाे छ ।

उनि तत्कालिन नेकपा माओवादीले संचालन गरेको सशस्त्र आन्दोलन देखी अहिले सम्म पार्टीमा आफ्नो स्वार्थलाइ पछाडी राखेर पार्टीको काममा अहोरात्र खटिएका सिपाही हुन् ।

यसपटक पार्टीकाे राम्राे मुल्यांकन गरेकाे भन्दै उनले पार्टीप्रति भएको लगानी खेर जान नदिने बताए । उनले भने “मेरो उमेद्वारी मेरो मात्रै चाहना होइन । आम दुल्लुबासीको चाहना हो र यो दुल्लुलाई बिकासको गोरेटोमा दौडाउने मेरो सपना पनी हो ।”

दैलेखमा माओवादी केन्द्रका आशा लाग्दो नेताको रुपमा सुनारले आफ्नो परिचय बनाएका छन् । प्रदेशको निर्वाचनमा सुनारले दैलेख बाट जित्ने निश्चित देखिएको छ ।

शनिबार, भाद्र १८, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४