काठमाण्डाै । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको छ । आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन् ।

ती दलहरुले दर्ताका लागि बुझाएको आवश्यक कागजातमाथि जाँच बुझ गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । जाँचबुझका क्रममा दलहरुले बुझाउनुपर्ने कागजात नपुगेमा वा अस्पष्ट भएमा पुनः कागजात माग्ने उनले बताए । आयोगले आगामी भदौ ८ गते दर्ता भएका दलको अन्तिम विवरण प्रकाशन गर्ने तयारी गरेको छ । विवरण प्रकाशन गरेपछि उनीहरुले संघ, प्रदेश, प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुनका लागि निवेदन दिनुपर्ने उनले बताए । आयोगले साउन २२ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो ।

राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको निर्वाचनका लागि बन्द सूची बुझाउने कार्यसूची रहेको छ । यस्तै निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको खरिद प्रक्रिया सुरु गरिएको उनले बताए । यस्तै निर्वाचनका लागि आवश्यक कार्यविधि बनाउन लागेको उल्लेख गर्दै प्रवक्ता शर्माले निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट बनाउने काम भइरहेको पनि जानकारी दिए ।

निर्वाचन आयोगले आगामी भदौ २० गतेदेखि समानुपातिक तर्फको मतपत्र छपाई सुरु गर्ने तयारी गरेको छ । असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची पेश गर्ने कार्यसूची तय गरेको छ । यस्तै प्रत्यक्ष निर्वाचनतर्फ भदौ २५ गते निर्वाचन कार्यक्रम सञ्चालन, असोज ११ गते निर्वाचन अधिकृतहरुको नियुक्ति, असोज २१ गते निर्वाचन कार्यालय स्थापना, असोज २३ देखि २६ गतेसम्म उम्मेदवारी दर्ता, असोज २८ गतेदेखि कार्तिक २७ गतेसम्म १ महिना प्रत्यक्ष निर्वाचनका लागि मतपत्र प्रकाशन, कार्तिक २७ गतेदेखि मतपत्र ढुवानी गर्ने र मंसिर १ गतेदेखि चुनाव प्रचार प्रसार बन्द गर्ने कार्यसूची बनाएर काम गरिरहेको छ ।

शुक्रबार, भाद्र ०३, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८