सुर्खेत । वीरेन्द्रनगरका दुई वटा सामुदायिक विद्यालयले व्यवस्थापन समितिमा नयाँ नेतृत्व पाएका छन् । वीरेन्द्रनगर ४, मा रहेको भैरव माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा गंगाराम तिमिल्सेना र वीरेन्द्रनगर १२, को अम्मरज्योति नमूना माध्यमिक विद्यालयको अध्यक्षमा पूर्णप्रसाद पौडेल सर्वसम्मत चयन भएका हुन् । सरोकारवालको भेलाबाट व्यवस्थापन समितिको नेतृत्वमा चयन भएपछि तिमिल्सिनाले भैरव माविको शैक्षिक उन्नयनलाई थप उचाइमा पु¥याउन सक्रियता रहने बताए ।

यी दुवै विद्यालयमा शैक्षिक गुणस्तर अब्बल भएकोले विद्यार्थीको चापसमेत अधिक छ । शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय तिमिल्सेना र पौडेलको अगुवाइमा विद्यालयको शैक्षिक अवस्थामा थप प्रगति हुने शिक्षक, विद्यार्थी र अभिभावकहरुको अपेक्षा छ ।भैरव माविको विद्यालय व्यवस्थापन समिति सदस्यमा पार्वती धौलाकोटी, गणेशमान खनाल, कमला गैरे, चन्द्रा विक र विष्णुप्रसाद चालिसे चयन भएका छन् ।

त्यस्तै, समितिको सल्लाहकारमा निलकण्ठ खनाल र कालुराम धौलाकोटीलाई छनोट गरिएको छ । यसैगरी, अम्मरजोति नमूना माविको विद्यालय व्यवस्थापन समिति सदस्यमा भानुभक्त अधिकारी, पन्छप्रसाद आचार्य, देवी ढकाल आचार्य, कृष्णा तिमिल्सेना, चन्द्रा लामिछाने, जनप्रतिनिधि चुडामणी चपाइ र शिक्षक प्रतिनिधि अशोककुमार राई एवम् सदस्य सचिवमा प्रधानाध्यापक खगेन्द्र थापा चयन भएका छन् । यसअघिको समितिको कार्यकाल सकिएपछि नयाँ नेतृत्व चुनिएको हो ।

बुधबार, भाद्र ०१, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४