सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले सुर्खेत स्थित यातायात कार्यालयमा ‘सरप्राइज’ छड्के अनुगमन गरेका छन् ।

विहिबार बिहान कार्यालय समयमा मन्त्रालयको सानो टिम लिएर यातायात कार्यालय पुगेका मन्त्री रोकायाले सेवाग्राहीसंग परिचय नदिइकनै सेवाको गुणस्तर र भोग्नु परेको समस्याबारे जानकारी लिएका थिए ।

मन्त्री रोकाया यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो । कर्मचारीहरु आफ्नै सुरमा काम गरिरहेका थिए । सो अवसरमा मन्त्री रोकाया आफै विभिन्न फाँटमा पुगेर निरिक्षण गरेका हुन् । निरिक्षणको क्रममा दुई जना कर्मचारी आफुखुसी बिदामा बसेको पाइयो । सोही कारण कार्यालयका कतिपय फाँटमा काम गर्ने कर्मचारी पनि भेटिएनन् । भने कर्मचारीहरु सरकारी पोसाक र परिचयपत्र नलगाई कार्यालय आउने गरेको पाइयो ।

सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा पनि मन्त्री रोकायाले जानकारी लिए । उनले सेवाग्राहीसंग पनि समस्याबारे जानकारी लिएका थिए ।

मन्त्री रोकायाले जनभावना बुझेर सेवा दिन कर्मचारीलाई निर्देशन समेत दिए । सेवाप्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको बताउँदै सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

मन्त्री रोकायाले यातायात कार्यालय प्रदेश सरकारसंग जोडिएको निकाय भएकोले पनि यसको विषयमा हुने गरेको टिकाटिप्पणीको अन्त्य हुुनुपर्नेमा जोड दिए ।

यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्रहीको चाप अत्यधिक हुने गरेको तर आफूहरुले सकेसम्म छिटो र छरितो ढंगको सेवा दिने प्रयास गरेको बताए । उनले कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको मन्त्री रोकायालाई जानकारी गराए ।

बिहिबार, आषाढ २३, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957