सुर्खेत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुर्खेतको अध्यक्षमा मिलन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

वीरेन्द्रनगरमा शुक्रबार सम्पन्न फोनिज सुर्खेतको चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय समिति सर्वसम्मत गठन भएको हो । जसको उपाध्यक्ष मनिषा गुरुङ्ग, सचिव लक्ष्मण बुढामगर, सहसचिव ९महिला० करिष्मा चौधरी र कोषाध्यक्ष पदमा दिपा गाहामगर सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यहरुमा दिर्घराज छन्तेल, सन्तोष श्रेष्ठ, टंक पुलामी, मिलन थापा मगर, गणेश ठाडामगर, विनिता घर्ती मगर र बालकृष्ण श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले आफ्नो समुदायको हकअधिकार तथा पत्रकारितामा क्षमता अभिबृद्धी  जनजाति पत्रकारहरु आग्रह गरेका छन् ।

त्यस्तै अधिवेशनका प्रमुख अतिथी फोनिज कर्णाली प्रदेश ईन्चार्ज अशोक राजीले आफ्नो हकअधिकार र जनजातिहरुको आवाज बुलन्द पार्न सम्पूर्ण जनजाति पत्रकारहरु एक हुनुको विकल्प नरहेको बताए । कार्यक्रममा प्रेस सेन्टर नेपालका नवनिर्वाचित केन्द्रिय सदस्य ललित गाहामगरले नवनिर्वाचित पदाधिकारी सदस्य शुभकामना दिए ।

साथै, कार्यक्रममा प्रेस सेन्टर नेपालका नवनिर्वाचित केन्द्रिय सदस्य ललित गाहा र नेपाल पत्रकार महासंघ सुर्खेत शाखा सदस्य पदमा निर्वाचित कल्पना ढेङ्गा मगरलाई फोनिज सुर्खेतका अध्यक्ष प्रवाश कुमार शाक्यले सम्मान गरेका थिए ।

शुक्रबार, मंसिर २४, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४